• २०८१ बैशाख २१ शुक्रबार

बाल संरक्षण सञ्जालमा नयाँ नेतृत्व

kharibot

काठमाडौँ । बालअधिकार संरक्षणका क्षेत्रमा कार्यरत राष्ट्रिय साझा सञ्जाल (एनसिपिए) को चौथो अधिवेशनले स्वतन्त्र अभियान नेपालका ऋतु भट्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

कार्यसमितिमा चिल्ड्रेन नेपालका भीमलाल गुरुङ उपाध्यक्ष, सिविसका अनिता पाण्डे महासचिव, बालकल्याण समाजका प्रकाश खतिवडा सचिव र लुनिभा : संस्थाका ज्ञानभक्त महर्जन कोषाध्यक्षमा चयन भएका छन्।

अधिवेशनको उद्घाटन शनिबार महिला, बालबालिका तथा ज्येष्ठ नगरिकमन्त्री पार्वत गुरुङले गरेका थिए।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै