• २०८१ बैशाख २२ शनिबार

पिपिएलमा चितवन राइनोजको लगातार तेस्रो जित

kharibot

काठमाडौँ । नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत चितवन राइनोजले धनगढी ब्लूजलाई ५२ रनले पराजित गरेको छ । चितवनले दिएको १८२ रनको लक्ष्य पछाएको धनगढीले २० ओभरमा ८ विकेट गुमाउदै १२९ रन बनाएको थियो ।

धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४९ रन बनाएका थिए भने रोड्रीगो थोमसले २४ रन बनाए । त्यस्तै सन्दीप जोराले २१ रन बनाएका थिए ।

धनगढीका सिबेन्दु पाण्डे र सृमंथ विजेरत्ने र सन्दीप रजाली शुन्यमा आउट भएका थिए भने अमित यादव १७ र सौरभ खनाल ३ रनमा आउट भएका थिए ।

त्यस्तै चितवनका बलर भूबन कार्कीले सर्वाधिक ३ विकेट लिएका थिए भने करण केसी र सन्नी पटेलले २-२ विकेट लिएका थिए ।   

यसअघि टस जितेर पहिला बय्टिंग गरेको चितवन राइनोजले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो ।

चितवनका लागि आरिफ सेखले सर्वाधिक ४७ रन बनाएका थिए । आरिफले २० बलमा २ चौका र ४ छक्का प्रहार गर्दै अविजित ४७ रन बनाएका थिए । त्यस्तै बाबर ह्यातले ३६ रन बनाए । त्यस्तै सन्नी पटेलले अविजित ३२ रन बनाए भने कप्तान पारस खड्काले २३ रन बनाएका थिए । त्यस्तै अनिल कुमार शाहले १९, रोहन मुस्तफाले ९ र हरिशंकर शाहले ८ रन बनाएका थिए ।

त्यस्तै धनगढीका बलर दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले २-२ विकेट लिएका थिए भने अमित यादवले एक विकेट लिएका थिए ।

यो जितसँगै चितवन राइनोजले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ । अहिलेसम्मका तिनै खेल जितेर चितवन ६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

त्यस्तै धनगढीले भने अहिले सम्म खेलेका तीन खेलमा दुई खेलमा हार बेहोरेको छ भएन एक खेलमा जित हासिल गरेको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै