• २०८१ बैशाख १५ शनिबार

ट्रान्सफर्मर खरिद प्रकरण : पूर्वमन्त्री राधा ज्ञवाली पनि तानिदै   

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा विचाराधीन ट्रान्सफर्मर खरिदसम्बन्धी मुद्दा प्रभावित पार्न खोजेको भन्दै एमाले नेतृ तथा पूर्वमन्त्री राधा ज्ञवालीलाई बयानका लागि बोलाउने भएको छ ।

अख्तियारले आइतबार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिका पदाधिकारी तथा पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री, पूर्वसचिव विश्वप्रकाश पण्डित र बहालवाला सचिव अर्जुनकुमार कार्कीसँग बयान लिएको छ ।

क्षेत्री ऊर्जासचिव रहँदा मन्त्रीको हैसियतमा ज्ञवाली सञ्चालक समिति अध्यक्ष थिइन् । पण्डित ऊर्जासचिव हुँदा आफैँ समितिका अध्यक्ष थिए ।

पहिलो चरणमा सञ्चालक समितिका सदस्य र पदाधिकारीसँग बयान लिएपछि आयोगले अध्यक्ष तथा तत्कालीन ऊर्जामन्त्री ज्ञवालीलाई बयानका लागि बोलाउन लागेको हो । आयोगले ट्रान्सफर्मर खरिद प्रकरणमा संलग्न सञ्चालक समितिका पूर्वसदस्यसँग आज बयान लिँदै छ । 

आयोगले तत्कालीन सञ्चालक सदस्यहरू सन्तोषनारायण श्रेष्ठ, लक्ष्मण अग्रवाल, मनोजकुमार मिश्रलगायतसँग बयान लिने भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै