• २०८१ बैशाख २६ बुधबार

सागमा पदक विजेतालाई प्याकेजको घोषणा, स्वर्ण विजेताले ९ लाख पाउने 

kharibot

काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक विजेता खेलाडीलाई नगद प्याकेजको घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सागमा पदक विजेता खेलाडीहरुलाई शुभकामना र बधाई दिदै प्याकेजको घोषणा गरेका हुन् ।

सरकारले स्वर्ण पदक विजेतालाई जनही ९ लाख, रजत पदक जित्नेलाई ६ लाख र काश्य पदक जित्नेलाई ३ लाख दिने घोषणा गरेको छ । त्यस्तै स्वर्ण पदक डबल ल्याउने प्रत्येकलाई ११ लाख दिने घोषणा गरेको छ भने स्वर्ण पदक ल्याउने समुहमा खेल्ने प्रत्येक खेलाडीलाई ५ लाख र कोचलाई ५ लाखका दरले पुरस्कृत गर्ने घोषणा सरकारले गरेको छ । 

मंगलबार सम्पन्न बह्येको सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काश्य पदक गरी कुल २०६ पदक जितेको थियो । 

सागको इतिहासमा नेपालले अहिलेसम्म कै सर्वाधिक पदक जितेको हो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै