• २०८१ बैशाख १७ सोमबार

बलात्कारको आरोप लागेका सिद्धबाबा पक्राउ

kharibot

विराटनगर । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले मोरङको विराट नर्सिङ होमबाट आज पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो। 

सिद्धबाबा कृष्णदास महराज भनिने गिरी गत बिहीबारदेखि छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गौलाको पत्थरीको उपचारका लागि भर्ना भएका थिए।

महिला अनुयायीले गत कात्तिक ४ गते सिद्धबाबाले बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी दिएका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै