• २०८१ बैशाख १७ सोमबार

अस्ट्रेलियाविरुद्ध पाकिस्तान फलोअनमा

kharibot

काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानलाई जारी टेस्ट खेलमा फलो अन दिएको छ ।

दोस्रो टेस्टको तेस्रो दिन आज पाकिस्तानले आफ्नो पहिलो इनिंगमा ३०२ रन बनाएर अल आउट भएपछि अस्ट्रेलिया भन्दा अझै २८७ रनले पछि परेको हो ।

यस अघि अस्ट्रेलियाले आफ्नो पहिलो इनिंगमा डेविड वार्नरको अविजित ३३५ रनको मद्धतले ३ विकेट गुमाएर ५८९ रन बनाउदा इनिंग घोषणा गर्दै पाकिस्तानलाई ब्याटिंगका लागि बोलाएको थियो ।

पाकिस्तानका लागि पहिलो इनिंगमा याशिर शाहले ११३ रन बनाए । याशिरले आफ्नो टेस्ट क्यारियरको पहिलो शतक बनाएका थिए । त्यस्तै अर्का ब्याट्सम्यान बबर आजम ९७ रन बनाएर आउट भए । पहिलो टेस्टमा शतक बनाएका आजम ३ रनले लगातार शतक बनाउन चुकेका थिए ।

अस्ट्रेलियाका बलर मिचेल स्टार्कले सर्वाधिक ६ विकेट लिए भने पाट कमिन्सले ३ विकेट लिए ।      

फलोअनमा परेको पाकिस्तानले आफ्नो दोस्रो इनिंगको ब्याटिंग शुरु गरेको छ ।
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै