• २०८१ बैशाख १५ शनिबार

सन्यास तोड्दै टेस्ट खेलमा फर्किए हसरंगा

kharibot

काठमाडौँ । वानिन्दु हसरंगा टेस्ट क्रिकेटमा फर्किएका छन् । आफ्नो सन्यास तोड्दै हसरंगा श्रीलंकाको टेस्ट टिममा फर्किएका हुन् । श्रीलंकाले बंगालदेशविरुद्धको २ टेस्टको सिरिजविरुद्ध घोषणा गरेको १७ सदस्यीय टिममा हसरंगालाई समावेश गरिएको छ ।

हसरंगाले २०२३ को अगस्तमा टेस्ट खेलबाट सन्यास लिएका थिए । उनले सेतो बलको क्रिकेटमा आफ्नो ध्यान केन्द्रित गर्ने भन्दै टेस्ट क्रिकेटबाट सन्यास लिएका थिए ।

२६ बर्षिय अलराउन्डर हसरंगाले केवल चार टेस्ट खेलेका छन् । जसमा १९६ रन बनाएका छन् भने ४ विकेट लिएका छन् ।

श्रीलंकाले बंगलादेशविरुद्धको टेस्ट सिरिजका लागि लाहिरु कुमारालाई टिममा समावेश गरेको छ भने अनक्याप्ड निशान पेइरिसलाई समेत टिममा समावेश गरेको छ ।

श्रीलंकाले मार्च २२ देखि पहिलो र मार्च ३० देखि दोस्रो टेस्ट खेल्ने तालिका रहेको छ ।
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै