• २०८१ बैशाख २० बिहीबार

शाहरुखको ब्यानर बन्ने 'बब बिश्वास' मा अभिषेक बच्चन

kharibot

काठमाडौँ । अभिनेता अभिषेक बच्चनले शाहरुख खानको ब्यानरको फिल्ममा काम गर्ने भएका छन् ।

सुजाय घोषको ब्यानर बौंत स्क्रिप्ट र शाहरुख खानको ब्यानर रेड चिलिजको ब्यानरमा अभिषेक बच्चनको प्रमुख भूमिका हुने फिल्म बब बिश्वासको घोषणा गरिएको छ ।

सुजाय घोष र शाहरुखको सहकार्यमा बनेको पछिल्लो फिल्म बदला बक्स अफिसमा निकै राम्रो कमाइ गर्न सफल भएको थियो । फिल्म क्रिटिक्सले समेत बदलालाई निकै राम्रो रिभ्यु दिएका थिए ।

बदलाको सफलतासँगै दुवैले अभिषेकलाई लिएर नयाँ फिल्म बब बिश्वासको घोषणा गरेका हुन् ।

फिल्म २०१२ को एक काल्पनिक कन्ट्रयाक्ट किलरको कथामा बन्न लागेको बताइएको छ ।

फिल्मलाई दीया अन्नपूर्ण घोषले निर्देशन गर्ने भएकी छन् । यो सँगै दीयाले पहिलो पटक फिचर फिल्मको निर्देशन गर्ने भएकी छन् । उनले निर्देशन गरेको सर्ट फिल्म २०१८ को कान्स फिल्म महोत्सवको लागि छानिएको थियो ।

फिल्मको शुटिंग २०२० को सुरुवातमा सुरु हुने र २०२० मै प्रदर्शन हुने बताइएको छ ।         
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै