• २०८१ बैशाख १५ शनिबार

धुर्मुस सुन्तलीको फिल्म “सेन्टी भाइरस” को फस्टलुक सार्वजनिक 

kharibot

काठमाडौँ । महाशिवरात्रीको अवसर पारेर ९ फागुन प्रर्दशन मिति घोषण गर्दै चलचित्र “सेन्टी भाइरस” को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

यो हास्यकलाकारको जोडीमा चिनिएका सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत तथा निर्माण गरिएको चलचित्र हो । रामबाबु गुरुङ निर्देशित चलचित्रको सार्वजनिक पोस्टरमा सितारामलाई पुरै ठाउँ दिएको छ । उनलाई एक साधारण व्यक्तको रुपमा ढाका टोपीमा देखाइएको छ ।

चलचित्रमा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायत अन्य कलाकारहरुले अभिनय गरेका छन् । रुपाकोट र पोखरामा छायांकन गरिएको सम्पूर्ण चलचित्रको दृश्य शैलेन्द्र डि. कार्कीले खिचेका छन् ।

पहिलो पटक चलचित्र निर्माण गरेका “धुर्मुस–सुन्तली” ले यो चलचित्र २ करोड लागतमा बनाएका छन् । सामाजिक व्यंग्य गरिएको जनाइएको यो चलचित्रको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिँदैछ । 

धुर्मुस–सुन्तलीको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा चलचित्र निर्माण भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै