• २०८१ जेठ १ मंगलबार

टी २० क्रिकेटः न्यूजील्यान्डद्वारा इङ्ल्यान्ड २१ रनले पराजित

kharibot

फाइल तस्विर । 

वेलिङ्टन । न्यूजील्यान्डमा जारी इङ्ल्यान्ड विरुद्धको दोस्रो टी २० क्रिकेट प्रतियोगितामा न्यूजील्यान्डले इङ्ल्यान्डलाई २१ रनले पराजित गरेको छ । यो जितसँगै तीन खेलको शृङ्खला १–१ को बराबरी भएको छ ।

यसअघि गत शुक्रबार भएको पहिलो टी २० खेलमा इङ्ल्यान्डले न्यूजील्यान्डलाई ७ विकेटले पराजित गरेको थियो ।

आइतबारको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्यूजील्यान्डले ८ विकेटको क्षतिमा १ सय ७६ रन बनाएको थियो । न्यूजील्यान्डका लागि मार्टिन गप्टिलले २८ बलमा ४१ रन तथा जिम्मी निशामले २२ बलमा ४२ रन बनाएका थिए । निशामले ४ छक्का प्रहार गरेका थिए ।

जवाफमा इङ्ल्यान्डको टोलीले खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन । ४ विकेटमा ९१ रन बनाएको इङ्ल्यान्डले १ सय ५५ रनमा सबै विकेट गुमाएको थियो ।

न्यूजील्यान्डका लागि मिचेल सान्ट्नरले २५ रन खर्चेर ३ विकेट तथा टिम साउदी, लकी फर्गुसन र ईस सोढीले २–२ विकेट लिएका थिए ।

अन्तिम टी २० खेल आगामी मंगलबार नेल्सनमा खेलिने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै