• २०८१ बैशाख २२ शनिबार

एभर्टनमाथि म्यान्चेस्टर सिटीको सहज जित

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एभर्टनमाथि सहज जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा सिटीले एभर्टनमाथि ३-१ गोल अन्तरले जित हासिल गरेको छ । सिटीको जितमा गाब्रियल जिसस, रियाद महरेज र रहिम स्टरलिङले एक एक गोल गरे भने एभर्टन का लागि एक गोल डोमिनिक कालभेर्ट लेविन्सले गरेका थिए ।

सिटीका प्लेमेकर केभिन डि ब्रुनेले जिससको गोल असिस्ट गर्दै यो सहित यस सिजनको प्रिमियर लिगमा ८ गोल असिस्ट गरेका छन् । प्रिमियर लिगको शुरुको ७ खेलमा ८ गोल असिस्ट गर्ने ब्रुनो पहिलो खेलाडी हुन् ।

जितपछि म्यानचेस्टर सिटीको ७ खेलमा १६ अंक भएको छ भने शिर्ष स्थानमा रहेको लिभरपुलसँगको फरक ५ अंक नै रहेको छ ।

त्यस्तै एभर्टन भने यो सहित चौथो खेलमा पराजित हुदै ७ खेलमा ७ अंक हासिल गरेर १५औ स्थानमा रहेको छ ।

सिटीले अब अर्को खेल आगामी मंगलबार च्याम्पियन्स लिग अन्तर्गत डाइनामो जाग्रेबविरुद्ध खेल्ने छ ।

प्रिमियर लिगमा गएराती भएका अन्य खेलमा चेल्सीले ब्राइटनलाई २-० ले पराजित गरेको छ भने टोटनह्यामले साउथहम्पटनलाई २-१ गोल अन्तरले पराजित गरेको छ । त्यस्तै क्रिस्टल प्यालेसले नर्विचलाई २-० ले पराजित गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै