चितवन, भरतपुर महानगरपालिकामा जारी मतगणनामा एमाले उम्मेदवार देवी ज्ञवाली र कांग्रेस–माओवादी गठबन्धनकी मेयर उम्मेदवार रेणु दाहालबीचको मतान्तर घट्दै गएको छ ।
वडा नम्बर २० को १२ सय मत गणना हुँदा दुई उम्मेदवारबीचको मतान्तर ७६ मा पुगेको छ ।
पछिल्लो परिणामअनुसार नेकपा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ४२ हजार ३०८ मत पाएका छन् भने कांग्रेस–माओवादी गठबन्धनकी रेणु दाहालले ४२ हजार २३२ मत पाएकी छन् ।