• २०८१ बैशाख १५ शनिबार

अन्डर १९ एशिया कपमा बंगलादेशको विजयी शुरुवात

kharibot

काठमाडौँ । अन्डर १९ एशिया कप क्रिकेट अन्तर्गत बंगलादेशले युएईलाई पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

आज सम्पन्न समुह बी अन्तर्गतको कहल्मा बंगलादेशले युएईलाई ६ विकेटले पराजित गरेको हो ।

युएईले दिएको १२८ रनको लक्ष्य पछाएको बंगलादेशले २१.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्दै जित हासिल गरेको थियो ।

बंगलादेशका लागि तांजीद हसनले सर्वाधिक ४५ रन बनाए भने परवेज होसैनले ३० तथा महमुदुल हसनले २७ रन बनाएका थिए ।

युएईका रिशव मुखर्जीले २ विकेट लिएका थिए ।

यस अघि वर्षाले प्रभावित हुदा ४५ ओभरमा घटाइएको खेलमा टस हारेर पहिला बय्टिंग गरेको युएईले २८ ओभरमा अल आउट हुदै १२७ रन बनाएको थियो ।

युएईका लागि ओसमा हसनले ५८ तथा आलिशान शराफुले ३४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन ।

बंगलादेशका बलर तान्जिम हसन र रकिबुल हसनले ३-३ विकेट लिए भने सोरिफुल इस्लामले २ विकट लिए ।

अब बंगलादेशले अर्को खेल आइतबार नेपालसँग खेल्ने छ भने युएईले श्रीलंकाविरुद्ध खेल्ने हच ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै