काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई राजदुतलाई शपथ खुवाएकी छन् ।
राष्ट्रपति निवास शीतल निवासमा आयोजित कार्यक्रममा बंगलादेशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका डा. वंशीधर मिश्र र कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका डा. नारदनाथ भारद्वाजले राष्ट्रपति भण्डारी समक्ष राजदूत पदको, पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।