• २०८१ बैशाख २० बिहीबार

यू–१५ साफमा बंगलादेशमाथि नेपालको फराकिलो जित

kharibot

काठमाडौँ । भारतको पश्चिम बंगालस्थित कल्याणी रंगशालामा जारी साफ यू–१५ फुटबल च्याम्पियनसिपमा मंगलबार जारी खेलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ ।

नेपालले बंगलादेशलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि किसन अधिकारी यादवले २ गोल गरे भने सुगन जिमी र प्रदिप लम्सालले एक एक गोल गरेका थिए ।

नेपालका किसन अधिकारी यादवले ४७औं मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् भने दोस्रो गोल खेलको ५२औं मिनेटमा सुगन जिमीले गरेका थिए । त्यस्तै तेस्रो गोल प्रदीप लम्सालले ८४ मिनेटमा र यादवले ८८औ मिनेटमा चौथो गोल गरेका थिए । त्यसै गरि बंगलादेशले ७९औ मिनेटमा एक गो ल्फर्काएको थियो ।   

यसअघि भारतसँग पराजित भएको नेपालले श्रीलंकालाई पराजित गरेको थियो । नेपालले ३ खेलबाट ६ अंक जोडेको छ । बंगलादेश पराजित भएर पनि ६ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल तेस्रो स्थानमा रहेको छ । 

प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन्। राउण्ड रोविन लिगको आधारमा खेलाइएको प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि खेल्ने छन् । अब नेपालले अन्तिम खेलमा बिहिबार भुटानसँग खेल्नेछ ।

यु१५ साफ खेल्ने नेपाली टोलीमा ईश्वर गुरुङ, मनोज दाहाल, जेनिस केसी, प्रज्ञान महर्जन, अभिषेक वाइबा, प्रमिस गुरुङ, अजय चौधरी, जान लिम्बु, रोशन थापा,  जन्मजय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेश श्रेष्ठ, असिम राई, विपिन तुमसिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई, किसन अधिकारी यादव, कृष्ण सापकोटा, सुगन जिमी र शंशाक बोहरा छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै