• २०८३ भदौ ३० मंगलबार

रेडियो नेपालमा मैथिली भाषाको कार्यक्रम हटाइएकोमा संसदमा विरोध

रेडियो नेपालमा मैथिली भाषाको कार्यक्रम हटाइएकोमा संसदमा विरोध

काठमाडौँ । सांसद खेमराज नेपालीले मैथिली भाषा देशको एउटा भाषामात्र नभएर सभ्यता र संस्कृति भएको हुँदा नेपाल टेलिभिजनले दैनिक पाँच मिनेटको समाचार रोक्न लगाएकोप्रति ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै उनले देशमा नेपाली भाषाबाहेक दोस्रो र तेस्रोभन्दा बढी बोलिने भाषा मैथिली र भोजपुरी भाषा भएको, दैनिक पाँच मिनेट र साप्ताहिकरुपमा एक घण्टाको कार्यक्रम प्रसारण भइरहेकाले अहिले बन्द गरिनु सङ्घीयताको खिलाप भएको बताए । 

सांसद नेपालीले भने, “मैथिली भाषाजस्तो एउटा प्रदेशमा मात्र सीमित छैन,। केन्द्रीय प्रसारणबाट आफ्नो भाषामा सुन्ने अवसर गुमेको छ, संसारबाट धेरै भाषा लोप हुँदै गएका छन्, नेपालको अन्य भाषालाई संरक्षण गर्न सरकारी मिडियामा प्राथमिकता दिनुपर्छ ।” प्रसारण भइरहेको भाषालाई हटाउनुका कारण दिन जानकारी गराउँदै उनले निर्णय फिर्ता लिन आग्रह गरे । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै