• २०८१ बैशाख १७ सोमबार

राहातको कार्यक्रमसहित प्रदेश नं २ मा आउछु – प्रधानमन्त्री ओली 

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक प्रकोपबाट पिडितहरुको उचित व्यवस्थापनका लागि सरकार गम्भिर रहेको बताउनुभएको छ ।

प्रदेश नं २ बाट प्रतिनिधित्व गर्ने साँसदहरुसँग आज बालुवाटारमा छलफल  गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । 

प्रधानमन्त्री ओलीले बाढी पिडितहरुलाई तत्कालिन भन्दा पनि दीर्घकालिन समाधानका लागि सरकारले योजना बनाइरहेको बताए ।

“बाढी र डुबानको समस्या समाधानको दीर्घकालिन उपायको लागि सरकारले योेजना बनाउदैछ” प्रधानमन्त्री ओलीले भने, “बर्षेनी देशमा हुने यस प्रकारका समस्याको दीर्घकालिन समाधानका लागि समुदायलाई नै परिचालन गर्नुपर्दछ । बाढी र डुबानका कारण हुने जनधनको क्षती न्यून गर्न जनचेतनामुलक कार्यक्रम सञ्चालन पनि गर्नु पर्दछ । ”

केही समय भित्रै बाढीले क्षती पुर्याएका प्रदेश नं २ का जिल्लाको भ्रमण गर्ने प्रधानमन्त्रीले साँसदहरुलाई बताएका छन् । “केही समयपछि म बाढीको क्षतिको अवलोकन र राहातको केही कार्यक्रमसहित प्रदेश नं २ मा  आँउछु” प्रधानमन्त्री ओलीले भने ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै