• २०८१ बैशाख २५ मंगलबार

अभिनेत्री करिश्मा एसइइ परीक्षामा ‘बी प्लस’ ल्याएर उतिर्ण 

kharibot

फाइल तस्बीर

काठमाडौँ । नेपाली फिल्मकी सदाबहार अभिनेत्री करिश्मा मानन्धर एसइइ परीक्षा उत्रिर्ण भएकी छन् ।

२०७५ सालको अन्तिममा उनले परीक्षा दिएकी थिइन् । फिल्म अभिनयमा कहिल्यै असफलता नभोगेकी उनी एसइइ परीक्षामा ३ जीपीए नम्बरसहित उत्रिर्ण भएकी हुन् । उनको ‘बी प्लस’ आएको छ । 

झण्डै तीन दशक लामो अभिनय यात्रापछि उनी डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भएकी थिइन् । पार्टीमा सक्रिय रहँदै गर्दा उनले मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा कक्षा ९ बाट अध्ययन सुरु गरेकी थिइन् । एसइइ परिक्षा उत्रिर्ण भएसँगै उनलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुलेको छ । 

हालै बाबुराम भट्टराई र उपेन्द्र यादवको दलबीच पार्टी एकता भएपछि करिश्माले पार्टी परित्याग गरेकी थिइन् । 

अभिनेत्री करिश्मा मानन्धर केही वर्षयता फिल्म अभिनयबाट टाढा छिन् । यद्यपि, उनले नृत्य गरेको फिल्म 'जात्रै जात्रा' हाल प्रदर्शनरत छ ।

पछिल्लो समय करिश्मा सामाजिक अभियानहरुमा सक्रिय रहेकी छन् । करिश्माले हालै आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्धेश्यले वि विल राइज फाउन्डेसनले संचालन गरेको मेरो गाउ मेरो ठाउ भिडियो च्यालेन्ज अभियानको जजको भूमिका निभाएकी थिइन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै