• २०८१ बैशाख १७ सोमबार

चुनाव प्रचारको क्रममा अरविन्द केजरीवाललाई थप्पड हानियो !

kharibot

नयाँ दिल्ली । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका अरविन्द केजरीवाललाई एक व्यक्तिले थप्पड हानेका छन् ।

पश्चिमी दिल्लीको मोतीनगर इलाका एक चुनावी र्यालीका क्रममा केजरीवालमाथि सुरेश नाम गरेका ३३ बर्षिय युवाले थप्पड हानेका हुन् ।चुनाव प्रचारका क्रममा खुला जिपमा रहेका केजरीवाललाई जिपको बोनटमा चढेर थप्पड हानेको बताइएको छ । 

आमआदमी पार्टीले यो हमला केजरिवालमाथिको हमला नभएर दिल्ली र यँहाको जनमतमाथिको हमला भएको बताएको छ । साथै आम आदमी पार्टीले यो घटना सत्तारुढ दल बिजेपीले गराएको आरोप लगाएको छ ।

हमलापछि आम आदमी पार्टीका कार्यकर्ताले हमलावारलाई समातेर प्रहरीलाई बुझाएको बताइएको छ ।

केजरिवालमाथि यस अघि २०१४ मा चुनावको क्रममा एक अटो ड्राइभरले थप्पड हानेका थिए । त्यस्तै २०१६ मा केजरीवाललाई अन्डाले हमला गरिएको थियो । त्यस्तै सन् २०१६ मा एक पत्रकार सम्मेलनका क्रममा एक युवाले जुत्ता फालेर उनको विरोध गरेका थिए । त्यस्तै २०१८ मा समस्या लिएर भेट्न गएको एक युवकले केजरीवालमाथि खुर्सानीको घुलो फालेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै