• २०८१ बैशाख १७ सोमबार

भारतको लोकसभा निर्वाचनको मिति आज घोषणा हुदै

kharibot

नयाँदिल्ली । भारतको निर्वाचन आयोगले आज लोकसभा निर्वाचन, २०२४ को मिति घोषणा गर्ने भएको छ । आयोगले केही राज्यको विधानसभाको निर्वाचनको मिति पनि घोषणा गर्न लागेको छ । आयोगले शनिबार दिउँसो ३ बजे पत्रकार सम्मेलन गरी निर्वाचन मिति घोषणा गर्ने बताएको छ ।

निर्वाचन आयोगले भोलि दिउँसो शनिबार, मार्च १६ मा पत्रकार सम्मेलन गरी आम निर्वाचन, २०२४ र केही विधानसभाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने भएको छ । पत्रकार सम्मेलनलाई निर्वाचन आयोगको सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ”, निर्वाचन आयोगका प्रवक्ताले भने ।

सन् २०१९ को लोकसभा निर्वाचन अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा भएको थियो । 

यसअघि बुधबार प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले भने, “निर्वाचन आयोगले सुरक्षा स्थितिबारे समीक्षा गरेर जम्मु र कास्मिरमा लोकसभा र विधानसभाको निर्वाचन एकसाथ वा बेग्लाबेग्लै गर्ने निर्णय गर्नेछ ।” भारतको निर्वाचन आयोगले एकैपटक विधानसभा र लोकसभाको चुनाव गराउने विचार गरेसँगै जम्मु र कास्मिरको निर्वाचनको लामो प्रतीक्षा अन्त्य भएको देखिन्छ । 

राजनीतिक दलहरूले आम निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू घोषणा सुरु गरिसकेका छन् । भारतीय जनता पार्टी (बिजेपी) ले अहिलेसम्म उम्मेदवारको दुई वटा सूची सार्वजनिक गरेको छ भने कांग्रेसले पनि आफ्ना उम्मेदवारको दुईवटा सूची सार्वजनिक गरिसकेको छ ।

यसैबीच निर्वाचन आयोगले मार्च १४ मा एसबिआई (स्टेट बैंक अफ इन्डिया) बाट प्राप्त गरेअनुसार आफ्नो वेबसाइटमा चुनावी बन्डहरूको डाटा अपलोड गरेको थियो । डाटाअनुसार फ्युचर गेमिङ एण्ड होटल सर्भिस र मेघा इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिटेड राजनीतिक दलहरूका लागि शीर्ष दातामध्येका एक थिए ।

आर्थिक ऐन, २०१७ र आर्थिक ऐन, २०१६ मार्फत विभिन्न ऐनमा गरिएका संशोधनहरूले राजनीतिक दलहरूको असीमित र अनियन्त्रित कोषका ढोका खोलिदिएको भन्दै भन्दै सर्वोच्च अदालतमा विभिन्न मुद्दा दायर गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै