• २०८१ बैशाख १६ आइतबार

भारतको लोकसभा निर्वाचनको मिति घोषणा, सात चरणमा मतदान हुने

kharibot

काठमाडौँ । भारतको निर्वाचन आयोगले लोकसभा निर्वाचन, २०२४ सात चरणमा गर्ने गरि मिति घोषणा गरेको छ । 

शनिबार आयोगले लोक सभाका ५४३ सिटका लागि निर्वाचनको मिति सार्बजनिक गरेको हो । जस अनुसार अप्रिल १९ देखि जुन १ सम्म गरि सात चरणमा मतदान हुने छ । अप्रिल १९ मा पहिलो चरण, अप्रिल २६ मा दोस्रो, मे ७ मा तेस्रो चरण, मे १३ मा चौथो, मे २० मा पाँचौं, मे २५ मा छैटौं र जुन १ मा सातौँ चरणको मतदान हुने छ ।

त्यस्तै लोकसभासँगै उडिसा, अरुणान्चल प्रदेश, सिक्किम र आन्ध्रप्रदेशको विधान सभाको निर्वाचन पनि संगै हुने भएको छ । त्यसैगरी मतगणना जुन ४ मा हुने आयोगले जनाएको छ ।

यस अघि सन् २०१९ को लोकसभा निर्वाचन पनि अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा भएको थियो । 

राजनीतिक दलहरूले आम निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू घोषणा सुरु गरिसकेका छन् । भारतीय जनता पार्टी (बिजेपी) ले अहिलेसम्म उम्मेदवारको दुई वटा सूची सार्वजनिक गरेको छ भने कांग्रेसले पनि आफ्ना उम्मेदवारको दुईवटा सूची सार्वजनिक गरिसकेको छ ।

यसैबीच निर्वाचन आयोगले मार्च १४ मा एसबिआई (स्टेट बैंक अफ इन्डिया) बाट प्राप्त गरेअनुसार आफ्नो वेबसाइटमा चुनावी बन्डहरूको डाटा अपलोड गरेको थियो । डाटाअनुसार फ्युचर गेमिङ एण्ड होटल सर्भिस र मेघा इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर लिमिटेड राजनीतिक दलहरूका लागि शीर्ष दातामध्येका एक थिए ।

आर्थिक ऐन, २०१७ र आर्थिक ऐन, २०१६ मार्फत विभिन्न ऐनमा गरिएका संशोधनहरूले राजनीतिक दलहरूको असीमित र अनियन्त्रित कोषका ढोका खोलिदिएको भन्दै भन्दै सर्वोच्च अदालतमा विभिन्न मुद्दा दायर गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै