• २०८१ बैशाख २२ शनिबार

साझा प्रकाशनका शर्मालाई हटाउनुको कारण देखाउन आदेश

kharibot

काठमाडौँ ।  सर्वोच्च अदालतले साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मालाई पदबाट हटाउनुका कारण पेश गर्न सरकारको नाममा कारण आदेश दिएको छ । 

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले आज शर्मालाई हटाउनुका कारण देखाउन सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको हो । 

आफूलाई सुनुवाइको मौका नदिई बर्खास्त गरेको भन्दै शर्माले आइतबार सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको थियो । मन्त्रिपरिषद्को बैठकले शर्मालाई यही असोज ८ गते पदबाट हटाउने निर्णय गरेको थियो । 

शर्मामाथि वार्षिक आम्दानीमा गडबड गरेको, साझाकै लोगोमा व्यक्तिगत तरिकाले पुस्तक प्रकाशन गरेको, पुस्तक बिक्री–वितरणको हिसाब–किताब दुरुस्त नराखेको लगायतका भ्रष्टाचार र अनियमितताको आरोप छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै