• २०८३ बैशाख १२ शनिबार

विश्वराज पोखरेल डिआइजीमा बढुवा सिफारिश

विश्वराज पोखरेल डिआइजीमा बढुवा सिफारिश

काठमाडौँ । गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवाका लागि सिफारिश गरेको छ । 

मन्त्रालयमा विहिबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरीतर्फका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिश गरेको हो । 

पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ को प्रावधानअनुसार उक्त पदमा बढुवाका लागि सिफारिश गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले जानकारी दिए । 

प्रहरी वरिष्ठ उपरीक्षक पोखरेल हाल केन्द्रीय लागुऔषध ब्यूरो कोटेश्वरमा कार्यरत छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै