• २०८३ असार २८ आइतबार

नेपालको यू–१९ महिला फुटबलको अर्को चरण पुग्ने सम्भावना समाप्त

नेपालको यू–१९ महिला फुटबलको अर्को चरण पुग्ने सम्भावना समाप्त

काठमाडौँ । म्यानमारमा जारी एएफसी उन्नाइस वर्षमुनी (यू–१९) महिला च्याम्पियनसिप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । 

म्यानमारको मण्डलेस्थित मण्डलर थिरी स्टेडियममा आज भएको खेलमा नेपाल उज्वेकिस्तानसंग ४–० गोलअन्तरले पराजित भएको हो । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल अष्ट्रेलियासँग ११–१ गोल अन्तरले पराजित भएको थियो । 

त्यस्तै यस हारसँगै नेपालको अर्को चरण पुग्ने सम्भावना समाप्त भएको छ । 

उज्वेकिस्तानको जीतमा कुर्बोनोभा शानोजाले दुई गोल गरे भने राशिदोभा तोजिनिसोखोन र खोजिभाले एक गोल गरे । कुर्बोनोभाले खेलको पहिलो हाफको २१ औँ मिनेटमा गोल गरे भने खेलको दोस्रो हाफमा ६७ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । 

त्यस्तै खेलको ७४ औँ मिनेटमा राशिदोभा एक गोल थपे भने  खेलको ७८ औँ मिनेटमा खोजिभाले गोल गर्दै उज्वेकिस्तानलाई ४–० को जीत दिलाए । अब नेपालले आफ्नो अन्तिम खेल

यही वैशाख १७ गते म्यानमारसँग खेल्नेछ । 
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै