बाँके । त्रिभुवन आर्मी क्लब आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलको फाइनलमा पुगेको छ ।
बाँकेको खजुरास्थित शुक्र भलिबल कोर्टमा भइरहेको प्रतियोगितामा मंगलवार सेमिफाइनल आर्मीले अर्को विभागीय टिम एपीएफलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
आर्मीले एपीएफलाई प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित गरेको हो । रोमाञ्चक खेलमा आर्मी १८-२५, २५-२२, ३१-३३, २५-२१, १५-११ ले विजयी भएको थियो ।
त्यस्तै विभागीय टोलि नेपाल पुलिसले गण्डकी प्रेदशलाई ३-१ को सेटले पराजित गरेको थियो । पुलिसले गण्डकीलाई २५-१५, २५-१५, २०-२५, २५-२० ले पराजित गरेको थियो ।
अब भलिबलको फाइनलमा दुई विभागीय टोली नेपाल पुलिस र त्रिभुवन आर्मीको भिडन्त हुने भएको छ ।
भलिबलको फाइनल खेल बुधवार हुनेछ ।