• २०८१ बैशाख २३ आइतबार

उदाउँदै गरेको सूर्यलाई अर्घ दिँदै चैती छठपर्व सम्पन्न

kharibot

बारा । तराई मधेस बासीहरुको सामुदायका बिच ज्यादै नैं महत्वपूर्ण मानिने चैती छठपर्व शुक्रवार उदाउँदै गरेको सूर्य भगवानलाई अर्घ दिँदै सम्पन्न भएको छ ।

कात्र्तिक माशमा गरिने छठ पूजा जस्तै चैत्र माशमा पनि तराई मधेसका प्राय: हरेक शहर–बजार एवंम् गाँउ–टोलमा चैती छठपर्व मनाइँने भएको हुँदा नजिकैको नदी , पोखरी वा ताल–तलैयाको किनारमा बनाईएका छठ घाटमा छठ ब्रतालुहरुले उदाउँदै गरेको सूर्य भगवानलाइ अर्घ दिएका हुँन् ।

यस क्षेत्रको बिभिन्न स्थानका छठ बतालुहरु बस्ने छठ घाट नजिक ठुल्ठुल्ला स्वागतद्वार बनाईएका थिए । भने छठीमाईको पूजा स्थल वर–पर टेण्ड (सम्याना) पण्डाल लगाएर छठीमाईलाई दुल्ही झैं सिंङ्गारिए जस्तै आयोजक समितिहरुका साथै स्थानीय बासिन्दाहरु पनि एक जुट भई एक आपसमा सहकार्य गरि छठ पर्व मानएका थिए ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वार्ड नं.७ जीतपुर स्थित रातोपुल , सिमरा स्थित छठीमाई पुजा समितिको परिसर , स्थानीय ठाठीमाई छठ घाट , केराढोका , टेंढारोड् , सदरमुकाम कलैयाको सिद्धेश्वर पोखरी , रामजानकी मंदिर , बरेवा छठीमाई पोखरी सहिँत बेलहिया , प्रस्टोका , सिम्रौनगढ , कचोर्वा , बरियारपुर , प्रसौनी , फेंटा , ईनर्वासिरा , परवानीपुर , फत्तेपुर , मनहर्वा , डुमरवाना , पथलैया , आमलेखगंज , निजगढ , बिरगंजको घडियर्वा पोखरी , रानीघाट , बिन्दवासिनी , पोखरिया लागायतको बिभिन्न जिल्लाको हरेक स्थानहरुमा छठीमाईलाई दुल्ही झैं सिंगारिए जस्तै सजाएर पर्व मनाईएको थियो ।

छठ पर्वमा दउरा , नाङ्गलो , उँखु , पित्तल , माटो तथा बाँसले बनाइएको बिभिन्न भाँडा बर्तन , नरिवल , पान , सुपारी , अदुवा , निम्बु , सुन्तला , स्याउ , केरा , सिंङ्गडा , सरिफा , चामलको अछेता , अबिर , सिन्दुर , उँखु , मुला , फर्सि र पिठोबाट बनाइएको ठेकुवा लगायतका पुजाका बिभिन्न सामाग्रीहरु लिएर छठ पुजा गरिने गरिएको छ ।

छठ पर्वको पहिलो दिन नुहाई–धुवाइ गरि मंगलवार चोखो खाना खाएर छठपर्व शुरु भएको हो । बुधवार भने दिन भर उपवास बसेर छठब्रतालुहरुले रातमा रसियाव रोटी ( खरना ) बनाएर खाएका थिए । भने हिजो बिहिवार साँझ पख छठ घाटमा गएर पूजा बस्ने र अस्ताउँदै गरेको सूर्य देवलाई अर्घ दिईएको थियो ।

पर्व बस्नाले घर परिवारको शुख , शान्ति , समृद्धिसँगै आ–आफ्ना मनोकांक्षा सजिलै पुरा हँुने जन बिश्वास सँगै छठपर्वले व्यापक्ता पाएको हो । छठ पर्वको मुख्य बिशेषता भनेको सबैले उदाउँदै गरेको सूर्यलाई ढोग्छन् । तर , यहाँ अस्ताउँदै गरेको सूर्य भगवानलाई पनि बडो श्रदापुर्वक ढोग्ने काम गरिन्छ ।

यसको अर्को बिशेषता भनेको तराई मधेसका दलित , जनजाती तथा मुस्लिमहरुले पनि एकै ठाउँमा बसेर पूजा गर्नेले यसलाई मेल–मिलाप , सद्भाव तथा साहिँष्णुताको प्रतिक पनि मानिन्छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै