काठमाडौँ । हंसराज हुलासचन्द, नेपालको लागि केटीएमको एक मात्र आधिकारिक वितरकले यस नयाँ वर्षको अवसरमा “थ्रिल विटआउट द बिल” अफर ल्याएको छ ।
यो अफर यस प्रिमियम बाइकको सबै नयाँ खरिदकर्ताहरुका लागि लागू गरिएको छ ।
नेपालमै प्रिमियम सेग्मेन्टको मोटरसाइकलहरुमा सबैभन्दा धेरै बिक्री हुने केटीएमले नयाँ वर्षको अवसरमा विभिन्न सेवाहरु र पार्टपुर्जामा २ वर्षको लागि बिना शुल्कको मर्मत–संभार सेवा प्रदान गर्दैछ ।
यो अफर यही चैतको १ गतेदेखि लागू भइरहेको छ । यस अफर अन्तर्गत पार्टपुर्जा, इञ्जिन आयल, सर्भिसिङ्ग र लेबर चार्ज शुन्य शुल्कमा प्रदान गरिदैछ ।
“थ्रिल विटआउट द बिल” अफरका साथ हन्सराज हुलासचन्द केटीएमले जेन्युन पार्टपुर्जाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुलाई भविष्यको मर्मत–संभारको खर्चलाई पनि न्यून बनाउन मद्दत गरेर उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।