• २०८१ बैशाख २२ शनिबार

तीन हजारले अवलोकन गरे शुक्लाफाँटा निकुञ्ज

kharibot

फाइल तस्विर । 

कञ्चनपुर / शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको शुक्लाफाँटा पर्यटन महोत्सवमा तीन हजार ३०० ले निकुञ्जको अवलोकन भ्रमण गरेका छन् । मोहत्सवका क्रममा मन्त्री, सांसद, उद्यमी व्यवसायी, बुद्धिजीवीसहित छिमेकी देश भारतका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् ।

निकुञ्ज भ्रमणका क्रममा छ दिनमा १४५ सवारीसाधान निकुञ्ज प्रवेश गरेका महोत्सव मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताए । बाह्रसिङ्गाको झुण्ड, घाँसेमैदान, निकुञ्जभित्रका तालतलैया, हात्तीसार, मयुरको नृत्यको मनोरम दृश्य, सीमसार, तालतलैयामा चराको चहलपलह अवलोकनकर्ताको रोजाइमा परेका छन् ।

नगरपालिकाले निकुञ्ज भ्रमण गर्ने कर्मचारीलाई एक दिनको बिदा दिने व्यवस्था गरेपछि कर्मचारीले पनि निकुञ्ज घुम्ने मौका पाएका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी निकुञ्जको प्रचारप्रसारका लागि महोत्सव आयोजना गरिएको हो । यस अघि विसं २०७२ मा नेपाल टुर एण्ड ट्राभल्स एजेन्सी (नाटा) ले पहिलोपटक महोत्सव आयोजना गरेको थियो ।

पहिलोपटक आयोजना गरिएको यही महोत्सवलाई निरन्तरता दिने गरी नगरपालिकाको संयोजनमा सबै स्थानीय तह र सरोकारवालाले संयुक्तरूपमा महोत्सव गरेको हो । आन्तरिक तथा बाह्य पर्यटकलाई निकुञ्ज घुमाउने उद्देश्य राखेर आयोजना गरिएको महोत्सवलाई आगामी वर्षदेखि निरन्तरता दिइने भएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मणप्रसाद पौडेलले पर्यटक सङ्ख्या न्यून आउने भएकाले महोत्सवबाट निकुञ्जको पर्यटन प्रवद्र्धनमा टेवा पुगेको बताए । “महोत्सवका माध्यमबाट प्रचारप्रसार भएको छ”, उनले भने , “यसले गर्दा पर्यटक आवागमनमा वृद्धि हुने विश्वास लिएका छौँ ।” चोरीका घटनामा कमी स्वचालित सडकबत्ती जडानकार्य गरिएपछि शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा चोरीका घटनामा कमी आएको छ । बजार क्षेत्रमा पर्याप्त सडकबत्तीको व्यवस्था भएपछि उज्यालो हँुदा चोरीका घटनामा कमी आएको हो । “बजार क्षेत्रमा पर्याप्त सडकबत्तीको व्यवस्था नहुँदा चोरीका घटना नियन्त्रण गर्न विगतमा निकै चुनौती थियो”, इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले भने, “अँध्यारो हँुदा चोरी गर्नेले व्यवसायीका पसल फोडेर समान लैजाने गरेका थिए, प्रहरी सक्रियता भए पनि चोरीका घटना नियन्त्रण गर्न गाह्रो थियो ।”

उनका अनुसार बत्ती जडान गरिएपछिको छ महीनाको अवधिमा एक मात्रै चोरीको घटना भएको छ । चोकचोक र बजार क्षेत्रमा बत्तीको व्यवस्थाले स्थानीय बासिन्दालाई हिँडडुल गर्नमा समेत निकै सहज भएको छ । “बजार क्षेत्रमा रातिका बेला अँध्यारो हँुदा टर्चलाइट र मोबाइलको सहायताले हिँडडुल गर्नका लागि जानुपर्ने बाध्यता थियो”, स्थानीयवासी जयबहादुर ऐरले भने , “बत्तीको व्यवस्थाले बजार क्षेत्रमा सहजरूपमा निर्धक्कसँग हिँडन पाइएको छ ।”

झलमल्ल बल्ने बत्तीले बजारको सौन्दर्यता बढाउनुका साथै सवारीसाधन दुर्घटनाका घटना न्यूनीकरणमा समेत टेवा पुगेको छ । वडा नं १० को रु पाँच लाख ५० हजारको लागतमा बजार क्षेत्रमा १०० बत्ती जडान गरिएका छन् । बजार क्षेत्रका मुख्य चोकमा जडान गरिएका एइडी बल्बहरुमा सेन्सर जडान गरिएका कारण बत्ती अँध्यारो हँुदा स्वचालितरूपमा जल्ने र उज्यालो हँुदा आफैँ बन्द हुने गरेका छन् ।  बत्ती कञ्चनपुरमै पहिलोपटक जडान गरिएको वडाध्यक्ष लालबहादुर ऐरको दाबी छ ।

सेन्सरसहितका बत्ती जडानका लागि वडा कार्यालयले नेपाल विद्युत् प्राधिकरण कार्यालयसँग सम्झौतासमेत गरेको छ । रु ३० हजार धरौटी रकम राखेर मासिकरूपमा  चार हजार सडकबत्तीको महसुलवापत तिर्ने सम्झौता गरिएको छ । झलारी बजार नजिकैका बञ्जरिया, टोटी, प्रगतिटोललगायतका क्षेत्रमा समेत स्वचालित बत्ती जडान गरिएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै