काठमाडौं । भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले राजीनामा दिएका छन् ।
आगामी मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेससभाको निर्वाचनमा सहभागी हुन राजदूत उपाध्यायले राजीनामा दिएका हुन् ।
कपिलवस्तुको क्षेत्र नम्बर १ बाट कांग्रेसका तर्फबाट प्रत्यक्षतर्फ उम्मेद्वार हुने तयारी स्वरुप उनले राजिनामा गरेका हुन् । उपाध्याय क्षेत्र नम्बर एक बाट सिफारिसमा समेत परिसकेका छन् । यसअघि २०७० को संबिधान सभाको निर्वाचनमा उपाध्याय एमालेका बलराम अधिकारीसँग पराजित भएका थिए ।
स्व.सुशील कोइरालाको प्रधानमन्त्रीकालमा भारतका लागि नेपाली राजदूत नियुक्त भएका उपाध्यायलाई केपी ओली सकारले फिर्ता बोलाईदा निकै विवाद भएको थियो ।
ओली पछि गठन भएको कांग्रेस-माओवादी सरकारले एक वर्षअघि उपाध्यायलाई भारतकै लागि नेपाली राजदूतमा पुनः नियुक्त गरिएको थियो ।