काठमाडौँ / ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ काठमाडौको भृकुटीमण्डपमा आयोजित पुष्पमेला आइतबार समापन हुदै छ । शुक्रबार शुरु भएको मेला आज सकिने आयोजकले बताएका छन् ।
मेलामा मौसमी फुल, आलंकारीक बोटविरुवा, कट फ्लावर, सुनाखरी, ट्राइफ्लावर, ग्रीनहाउस, फुलको गानो, वीउविजन, थोपा सिंचाइ, जैविक विषदी लगायत ८४ भन्दा बढि बिक्री कक्ष रहेका छन् ।