• २०८१ बैशाख १९ बुधबार

एएफसी यू–२३ च्याम्पियनसिप छनोट : पहिलो खेलमा नेपाल ओमानसँग पराजित

kharibot

काठमाडौँ । एएफसी यू–२३ च्याम्पियनसिपको छनोटको पहिलो खेलमा नेपाल ओमानसँग १–० गोल अन्तरले पराजित भएको छ । 

पहिलो हाफको १३औं मिनेटमा गोल खाएपछि नेपाल बाँकी समयमा खेलमा फर्कन असफल भएको थियो । ओमानका लागि १३औं मिनेटमा सलाह अल यायाहीको पासमा युसुफ अल मलिकले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलले पछि परेको नेपालले दोस्रो हाफमा खेलमा फर्कन प्रयास गरेको थियो ।

नेपालका विमल घर्ती मगर र अञ्जन विष्टले गोल गर्ने प्रयास गरे पनि असफल हुँदा नेपाल छनोटको पहिलो खेलमा पराजित भएको हो । 

आगामी जनवरी ८ देखि २६ तारिखसम्म थाइल्याण्डमा आयोजना हुने फाइनल चरणका लागि छनोट खेल्न नेपाली टोली कतार पुगेको हो । 

समूह ए मा रहेको नेपालले अब कतार र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । ११ समूहबाट विजेता र चार उपविजेताका साथै थाइल्याण्डसहित १६ टिमले एएफसी यू–२३ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने छन् ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै