• २०८१ बैशाख २३ आइतबार

यौन दुराचारको आरोप लागेपछि वार्नर ब्रोजका सीईओ केभिन सुजिहाराले राजीनामा दिए

kharibot

यौन दुराचारको आरोप लागेका वार्नर ब्रोजका अध्यक्ष एवम सीईओ केभिन सुजिहाराले पदबाट राजीनामा दिने भएका छन् । वार्नर मिडियाका सीइओ जोन स्टेन्कीले सुजिहाराले गरेको गल्ती कम्पनीको नेतृत्वबाट गरिने अपेक्षालाई नसुहाउने किसिमको भएकोले उनले आफ्नो पदबाट राजीनामा दिएको जानकारी दिएका छन् ।

‘द हलिउड रिपोर्टर’ ले यही मार्च ६ मा सुजिहाराले वेलायती अभिनेत्री चार्लेट किर्कसँग आफ्नो चलचित्रमा काम दिने प्रलोभनमा यौन सम्बन्ध राखेको खबर प्रकाशित गरेको थियो ।

‘द हलिउड रिपोर्टर’ले केभिन सुजिहारा र चार्लेट किर्क बीच सन् २०१३ मा भएको एसएमएसहरू प्रकाशित पनि गरेको थियो ।

उक्त म्यासेजहरूमामा चार्लेटले सुजिहाराले आफूलाई हलिउडका अन्य प्रभावशाली व्यक्तिहरूसँग भेट गराइदिने वाचा गरेर आफूसँग शारीरिक सम्बन्ध राखेको तर पछि वेवास्ता गरेको आरोप लगाएकी थिइन् । ‘द हलिउड रिपोर्टर’ले जनाएअनुसार चार्लट र सुजिहाराको भेट अस्ट्रेलियन अर्बपति जेम्स प्याकरले गराइदिएका थिए ।

त्यसैगरी उक्त म्यागेजिनका अनुसार चार्लटलाई वार्नर ब्रोज र जेम्स प्याकर एवम् उनका बिजनेस पार्टनर ब्रेट राट्नर बीच करीब ४५ करोड डलरको व्यापारिक सम्झौता गर्न पनि प्रयोग गरिएको थियो ।

ब्रेट राट्नर हलिउडका ठूला निर्माता एवम् निर्देशक पनि हुन् । उनलाई यसअघि नै थुप्रै महिलाहरूले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । त्यसैगरी चार्लटले आफूलाई फिल्ममा काम दिने वाचा ननिभाएकोबारे निराशा व्यक्त गर्दै यस विषयलाई लिएर आफूले कानुनी बाटो अपनाउने धम्की दिएपछि ब्रेट राट्नरले नै आफ्नो फिल्ममा काम दिने वाचा गर्दै एक सम्झौता पनि गरेको बताइएको छ ।

जापानी मुलका ५४ वर्षिया सुजिहारा झन्डै २५ वर्ष अघि वार्नर ब्रोज प्रवेश गरेका थिए । उनी सन् २०१३ जनवरीमा वार्नर ब्रोजको सीइओ बन्दा कुनै पनि ठूलो हलिवुड स्टुडियोको कार्यकारी पदमा पुग्ने एसियाली मुलको पहिलो व्यक्ति बनेका थिए ।

 

 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै