• २०८१ बैशाख १५ शनिबार

अमेरिकी स्वास्थ्यमन्त्रीको राजिनामा, निजी विमानमा यात्रा गर्दै लाखौ डलर खर्च गरेको आरोप 

kharibot

वाशिंगटन ।अमेरिकी स्वास्थ्य मन्त्रीले राजिनामा दिएका छन् ।  निकै महँगो निजी विमानमा यात्रा गरेकोमा उनको कडा आलोचना पछि उनले राजिनामा दिएका हुन् ।  

स्वास्थ्य मन्त्री टम प्राइसले पछिल्लो मे देखि अहिलेसम्म २६ निजी विमानमा यात्रा गरेका थिए, जसमा उनको खर्च ४ लाख अमेरिकी डलर रहेको थियो । 
प्राइसले आफुले गरेको सो खर्चको माफी पनि मागेका छन् । 

अमेरिकामा सुरक्षासँग समबन्धित यात्रा बाहेक अन्य सरकारी यात्रामा व्यावसायिक विमानमा नै यात्रा गर्नु पर्ने नियम रहेको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना मन्त्रीमण्डलका तीन सदस्य निजी विमानमा यात्रा गर्ने बह्न्दै उनको कडा आलोचना गरिएको छ । 

अमेरिकी मिडियाहरुले प्राइसले अहिलेसम्म १० लाख डलर भन्दा बढी खर्च गरेको विवरण सार्वजनिक गरेका छन्  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै