वीरगन्ज । वीरगन्ज महानगरपालिकामा अहिलेपनि मत गणना जारी रहेको छ ।
३२ वडा रहेको वीरगन्ज महानगरपालिकामा २८ वडाको नतीजा आइसकेको छ बहने अब ४ वडाको नतिजा आउन बाँकी रहेको छ ।
निर्वाचन आयोगका अनुसार संघीय समाजवादी फोरम र नेपाली कांग्रेसले ९, ९ वडामा जित हासिल गरेका छन् । त्यस्तै एमाले ५ वडामा जित हासिल गरेको छ भने राजपाले ३ वडामा जितेका छन् । त्यस्तै माओवादी केन्द्र र लोकतान्त्रिक फोरमले एक एक वडामा जित हासिल गरेका छन् ।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसले वडा नं १, ४, ६, १०, १५, २१, २४, २६ र ३१ गरी ९ वडामा जित हासिल गरेको छ भने संघीय समाजवादी फोरमले २, ७, ९, १२ १३ २२ २५, २८, २९, गरी ९ वडामा जीत हासिल गरेको छ ।
त्यसैगरी एमालेले ८, ११, २३, २७ र ३० नम्बर वडा जितेको छ भने राजपाले ३, ५, ३२ वडामा जित हासिल गरेको छ ।
त्यस्तै माओवादी केन्द्रले वडा नं २० र लोकतान्त्रिक फोरमले वडा नं १९ मा जित हासिल गरेका छन् ।
३२ वडा सङ्ख्या रहेको वीरगञ्ज महानगरपालिकामा अब १४, १६, १७ र १८ वडाको मत परिणाम आउन बाँकी रहेको छ ।