• २०८१ बैशाख २२ शनिबार

वीरगन्ज महानगरपालिकाको पछिल्लो विवरण : फोरमका सरावगीले अग्रता झन् बढाए     

kharibot

वीरगन्ज । वीरगन्ज महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार कांग्रेसलाई पछि पर्दै संघीय समाजवादी फोरमका विजय सरावगीले अग्रता बढाउदै लगेका छन् । हाल सरावगी कांग्रेसका द्विवेदी भन्दा १३९९ मतले अगाडी रहेका छन् ।

पछिल्लो परिणाम अनुसार फोरमका विजयी सरावगीले १५६७९ मत ल्याएका छन् भने कांग्रेसका अजयकुमार द्विवेदीले १४२८० मत ल्याएका छन् ।  त्यस्तै राजपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले ९५८५ मत ल्याएर पछाडी परेका छन् ।

त्यस्तै एमालेका उम्मेदवार बशरुद्दीन अन्सारीले ७३३७ मत, माओवादीका उम्मेदवार रह्बर अन्सारीले ६३२८ मत ल्याएका छन् भने लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार बिमल श्रीवास्तवले ५०८५ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने कांग्रेसकी उम्मेदवार शान्ति कार्कीले १६५०६ मत ल्याएर अगाडी रहेकी छन् भने संघीय समाजवादी फोरमकी पिंकी यादवले १४९९६ मत ल्याएकी छन् । 

त्यस्तै एमालेकी सोफिया आचार्यले ८६९० मत ल्याएकी छन् । राजपाकी उम्मेदवार रम्भा मिश्राले ६५९९ मत ल्याएकी छन् भने त्यस्तै माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले ३९३२ र फोरम लोकतान्त्रिककी उम्मेदवार अनिता देवी यादवले ४१२४ मत ल्याएकी छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै