• २०८१ बैशाख २२ शनिबार

बोल्टको घातक बलिङपछि भारत ९२ रनमा अलआउट  

kharibot

काठमाडौँ । न्युजील्याण्डसँगको चौथो एकदिवसीय क्रिकेटमा भारतीय टिम ९२ रनमा समेटिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको भारतको पुरै टिम ३०.५ ओभरमा ९२ रन बनाउदै अलआउट भएको छ ।

भारतलाई सस्तैमा समेट्ने क्रममा न्युजील्याण्डका तिब्र गतिका बलर ट्रोन्ट बोल्टले ५ विकेट लिएका छन् । बोल्टले १० ओभरमा ४ ओभर मेडन राख्दै २१ रन दिएर ५ विकेट लिएका हुन् । बोल्टले एकदिवसीय क्रिकेटमा यो सहित पाँचौ पटक पाँच विकेट लिएर न्युजील्याण्डका रिचार्ड हेडलीको रेकर्डको बराबरी गरेका छन् ।

त्यस्तै न्युजील्याण्डका कोलिन डी ग्राण्डहोमले ३ विकेट लिएका थिए भने तोड आस्ले र जेम्स नीशमले एक एक विएक्त लिए । 

भारतका लागि युजवेंद्र चहलले सर्वाधिक १८ रन बनाए भने कुलदीप यादवले १५ रन बनाए । त्यस्तै हार्दिक पाण्डेयले १६, शिखर धवनले १३, युजवेंद्र चहलले १२, शुभम गीलले ९ तथा रोहित शर्माले ७ रन बनाए । त्यस्तै अम्बाती रायडु र दिनेश कार्तिक शुन्यमा आउट भएका थिए ।

५ खेलको एकदिवसीय सिरिजमा भारत ३-० ले अगाडी छ । यस खेलमा भारतका नियमित कप्तान विराट कोहलीलाई आराम दिइएको छ भने महेन्द्र सिंह धोनी पनि खेलेका छैनन् । यस खेलबाट युवा खेलाडी शुभम गीलले भारतका लागि एकदिवसीय खेलमा डेभ्यु गरेका छन् ।

भारतको अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा यो सातौ कम रन हो । भारत यसअघि सन् २००० मा श्रीलंकाविरुद्ध ५४ रनमा अलआउट भएको थियो भने १९८१ मा अस्ट्रेलियाविरुद्ध ६३ रनमा, १९८६ मा श्रीलंकाविरुद्ध ७८ रनमा, १९७८ मा पाकिस्तानविरुद्ध ७९ रनमा, २०१० मा न्युजील्याण्डविरुद्ध ८८ रनमा र २००६ मा दक्षिण अफ्रीकाविरुद्ध ९१ रनमा अलआउट भएको थियो ।   
   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै