काठमाडौँ । बलिवुडका अहिलेका चल्तीका निर्देशक रोहित शेठीको चर्चित फिल्म गोलमालको चौथो संस्करण गोलमाल अगेनको ट्रेलर सुक्रबार सार्वजनिक गरिएको छ ।
फिल्मको यस संस्करणमा भुतको कथालाई थपिएको ट्रेलरबाट थाहा पाउन सकिन्छ । फिल्ममा अजय देवगन, तब्बु, अर्सद वारसी, कुणाल खेमु, तुषार कपुर, श्रेयस तल्पड़े र परिणीति चोपडाले अभिनय गरेका छन् ।
फिल्म यस पटकको दिपावलीमा रिलिज हुदै छ भने फिल्मलाई रोहित शेठीले निर्देशन गरेका छन् ।
फिल्मको ट्रेलर :