• २०८१ बैशाख २२ शनिबार

गण्डकी विकास बैंकको सामाजिक कार्यक्रम सञ्चालन

kharibot

काठमाडौं । गण्डकी विकास बैंकले आफ्नो बाह्रौ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तरगतका दुई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरेको छ ।

पहिलो कार्यक्रम अन्तरगत बैंकले वर्तमान समयमा रहेको मानव जीवनसँग प्रत्यक्ष सरोकार राखेको रक्त अभावलाई मध्यनजर गरी खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्यो । 

बैंकको प्रधान कार्यालय प्राङ्गण वि. पी. चोक, चिप्लेढुङ्गा पोखरामा क्षेत्रीय रक्त सञ्चार सेवा, रामघाट पोखराको सहयोगमा सञ्चालित उक्त रक्तदान कार्यक्रमवाट ८१ यूनिट रगत संकलन गरियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने प्रतिवद्धता व्यक्त गरे । 

वार्षिकोत्सवकै अवसर पारेर बैंकले पोखरा ३२, लामेआहाल स्थित राधाकृष्ण बृद्धाश्रममा एक कार्यक्रमका विच खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ । कार्यक्रममा  आश्राम रहेका ४६ जना बृद्धबृद्धा तथा १८ जना बटुकलाई बैंकका सञ्चालकद्धय पद्य प्रसाद पौडेल र नारायण बहादुर बाँनियाद्धारा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।

वितरण कार्यक्रममा बैंकका सञ्चालक पौडेल तथा नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले सामाजिक उत्तरदायित्वमा बैंक निकै सचेत रहेको र यस प्रकारका कार्यक्रमहरुलाई आगामी दिनमा पनि प्राथमिकताका साथ अगाडि बढाउने नीति बैंकसँग रहेको बताए  ।

बैकले वित्तीय पहुचलाई उच्च प्राथमिकता दिदै हिमाल, पहाड र तराईका जनताहरुलाई सहज र सरल रुपमा आफ्ना ७७ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । बंैकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एबिबिएस, एटिएम, सि—आस्वा, मोवाईल बैंकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

बैंकले आ.व. २०७५—०७६ को प्रथम त्रैमासमा संचालन मुनाफा १५ करोड ३० लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप २३ अर्ब ७२ करोड र कर्जा तर्फ २१ अर्ब २४ करोड पु¥याएको छ । साथै  बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै