• २०८१ बैशाख १९ बुधबार

विवाहको तस्बीर सार्वजनिक गर्दै रणवीर-दीपिकाले खुशी साटे  

kharibot

मुम्बई। बलिवुडका अहिलेका चर्चित जोडी रणवीर सिंह र दीपिका पदुकोने अन्तत: वैवाहिक बन्धनमा बाधिएका छन्। रणवीर-दीपिका अहिले इटालीको लेक कोमोस्थित कास्टा डिभा रिसोर्टमा भएको विवाहको तस्बीर दुवैले सार्वजनिक गरेका छन् ।

विवाहका क्रममा अत्यन्त खुशी देखिएका रणवीर र दीपिकाले आफ्नो खुशी संसारभरका आफ्ना फ्यानहरुसँग साटेका छन्। 

पछिल्लो २४ घण्टामा भारत तथा विश्वभरका बलिउडका प्रशंसक एउटा तस्बिरको पर्खाईमा थिए । त्यो पर्खाईको घडी अब सकिएको छ । बलिउड जोडी रणवीर सिंह र दीपिका पादुकोणको बिहेको तस्बिर कतिबेला सार्वजनिक हुन्छ भनेर सबै पर्खाईमा थिए ।

रणवीर सिंहले आफ्नो ट्विटर एकाउण्टमा दुईवटा तस्बिर सार्वजनिक गरेका छन् । त्यस्तै दीपिकाले इन्स्टाग्राम र ट्वीटरमा आफ्नो विवाहको तस्बिर सार्वजनिक गरेकी छन् ।

रणवीरले सार्वजनिक गरेको फोटोमा रणवीर रातो शेरवानीमा छन् भने दीपिका रातै रंगको लेहंगामा छिन् ।अर्को तस्बिरमा भने रणवीर सेतो शेरवानीमा छन् । यो तस्बिरमा रणवीर र दीपिका एकअर्कालाई हेर्दै हाँसिरहेका छन् । रणवीरले हातमा हार बोकेका छन् ।

मिडिया रिपोर्टका अनुसार कोंकणी रीति-रिवाजका अनुसार विवाह गरेको बताइएको छ। अत्यन्त निजी बनाइएको र दुवैका नजिकका आफन्त सहभागी विवाह कार्यक्रमका केहि तस्बीरहरु यसअघि सार्वजनिक भएका थिए । 

विवाह कार्यक्रमलाई गोप्य राख्न उपस्थित पाहुनाका मोबाइल लगायतका डिभाइसमा स्टिकर लगाइएको भनिए पनि विवाह कार्यक्रमका तस्बीर र केहि भिडियो सार्वजनिक भएका थिए । दीपिका र रणवीर कै अनुरोधमा आफ्ना पाहुनालाई विवाहका तस्बीर सार्वजनिक नगरिदिन अनुरोध गरिएको थियो।  

दुवैले भारत फर्किएर मुम्बई र बैंगलोरमा आफ्ना आफन्त र साथीहरुलाई पार्टी दिने योजना बनाएका छन्। करिब ६ बर्षको अफ्येर्सपछि दुवै वैवाहिक बन्धनमा बाधिएका हुन्।   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै