• २०८१ बैशाख १९ बुधबार

रणवीर-दीपिका वैवाहिक बन्धनमा बाधिए 

kharibot

मुम्बई। बलिवुडका अहिलेका चर्चित जोडी रणवीर सिंह र दीपिका पदुकोने अन्तत: वैवाहिक बन्धनमा बाधिएका छन्। रणवीर-दीपिका अहिले इटालीको लेक कोमोस्थित कास्टा डिभा रिसोर्टमा अहिले वैवाहिक कार्यक्रम जारी रहेको छ।

मिडिया रिपोर्टका अनुसार कोंकणी रीति-रिवाजका अनुसार विवाह गरेको बताइएको छ। अत्यन्त निजी बनाइएको र दुवैका नजिकका आफन्त सहभागी विवाह कार्यक्रमका केहि तस्बीरहरु सार्वजनिक भएका छन्। विवाह कार्यक्रमलाई गोप्य राख्न उपस्थित पाहुनाका मोबाइल लगायतका डिभाइसमा स्टिकर लगाइएको भनिए पनि विवाह कार्यक्रमका तस्बीर र केहि भिडियो सार्वजनिक भएका छन्। 

विवाहको कार्यकम आज सकिदै छ भने दुवै भारत फर्किएर मुम्बई र बैंगलोरमा आफ्ना आफन्त र साथीहरुलाई पार्टी दिने योजना बनाएका छन्। करिब ६ बर्षको अफ्येर्सपछि दुवै वैवाहिक बन्धनमा बाधिएका हुन्।   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै