• २०८१ जेठ ४ शुक्रबार

राजपा नेता लक्ष्मणलाल कर्णलाई निर्वाचन आयोगको २४ घन्टे स्पष्टिकरण 

kharibot

काठमाडौं ।  निर्वाचन आयोगले राजपाका नेता तथा सांसद लक्ष्मणलाल कर्णसहित अन्य नेतालाई २४ घन्टे स्पष्टिकरण सोधेको छ । 

नेता कर्णसहित राजपाकै जगरनाथपुर गाउँपालिका–६ को वडाअध्यक्ष पदका उम्मेवार धुरन्दर साहले सोमबार प्रदेश नं. २ मा हुने स्थानीय तहको तेस्रो चरणको चुनावका क्रममा निर्वाचन आचार संहिता विपरित मौन अवधिमा भोट मागेकोले भन्दै आयोगले स्पष्टीकरण मागेको छ ।

उनीहरुसहित झण्डै एकसय ५० जना नेता कार्यकर्ता पर्सा जिल्लाको जगरनाथपुरमा मत माग्दै हिँडनु निर्वाचन आचारसंहिता विपरित भोट माग्दै हिँडेकाले लक्ष्मणलाल कर्ण र धुरन्दर साहलाई २४ घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै