• २०८१ बैशाख २३ आइतबार

कांग्रेससँग पार्टी एकीकरण गर्न प्रचण्डलाई बैद्यको सुझाव  

kharibot

रुपन्देही ।  नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इृ नेपाली कांग्रेससँग पार्टि एकताकरण गर्न सुझाव दिएका छन् । 

क्रान्तिकारी पत्रकार महासंघ रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बैद्यले बामपन्थीसँगभन्दा कांग्रेससँग एजेण्डा मिल्न थालेकाले कांग्रेससँगकै एकता प्रचण्डका लागि लाभदायक हुने बताएका छन् ।

नीति र सिद्धान्त मिल्न सक्ने बाम शक्तिबिच एकताको पहल भइरहेको र त्यो सकारात्मक दिशातर्फ उन्मुख रहेको उनले बताए । बैद्यले भने ‘बामपन्थीहरु बिग्रिएकै कारण मुलुक गतिहिन भइरहेको छ । बामशक्तिहरु मिल्नुको बिकल्प छैन’ । असोजमा हुने पार्टीको महाधिवेसनले परिबर्तनको नयाँ कार्यदिशा चयन गर्ने अध्यक्ष बैद्यको भनाई छ ।  

प्रचण्ड कम्युनिष्ट हुन नसके पनि कम्युनिष्ट भएको नाटक गर्न सिपालु रहेको बैद्यले आरोप लगाएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रको तीन दलिए सिण्डिकेटका कारण मुलुकमा लोकतान्त्रिक पद्धतिको उपहास भइरहेको भन्दै अध्यक्ष बैद्यले स्थानीय चुनाव जस्तै प्रदेश र प्रतिनिधिसभाको चुनाव आफ्नो पार्टीले एक्लै सामना गर्ने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै