• २०८१ बैशाख २३ आइतबार

बलिवुमा #MeToo : सुभाष घईले घरमै बोलाएर जबर्जस्ति गरेको अभिनेत्रीको आरोप 

kharibot

मुम्बई।  बलिवुडमा अहिले  यौन शोषणविरुद्धको  #MeToo अभियानले हलचल पैदा गरिरहेको छ।  ठुला भनिएका निर्माता, निर्देशक, अभिनेता, गायक सबै यस अभियानअन्तर्गत एक्सपोज भइरहेका छन्। 

यसै अन्तर्गत बलिवुडका चर्चित निर्देशक सुभाष घईलाई यौन शोषणको अर्को आरोप लागेको छ।  यसअघि घईलाई एक अज्ञात महिलाले बलात्कारको आरप लगाएकी थिइन् भने पछिल्लो पटक अभिनेत्री केट शर्माले आफुलाई घईले आफ्नै घरमा बोलाएर जबर्जस्ती गरेको आरोप लगाएकी छन्। मुम्बई मिररका अनुसार अभिनेत्री शर्माले घईकोविरुद्ध पुलिस स्टेसनमा रिपोर्ट दर्ता गराएकी छन्।

शर्माले गत अगस्ट ६ मा घईले आफुलाई आफ्नो घरमा बोलाएको उल्लेख गर्दै  घरमा ५-६ जना अन्य मानिसहरु पनि भएको र घईले आफुलाई मसाज गर्न भनेको उल्लेख गरेकी छन्। आफुले घईको मसाज गरेको र हात धुन जादा घईले आफुलाई जबरजस्ती किस गर्न खोजेको उल्लेख गरेकी छन्। साथै घईले आफुलाई रातभर नबसे आफुले फिल्ममा लन्च बताएको उल्लेख गरेकी छन्। 

घईले सो दाबिको जवाफ दिदै आफ्नो स्थापित क्यारियरलाई बद्नाम गर्न यस्तो आरोप लगाएको बताएका छन्। यस्ता असत्य कहानीलाई मिडियामा ल्याएर बदनाम गर्नु भन्दा अदालतमा गएर प्रमाणित गर्न चुनौती दिएका छन्।  आफुले काम गर्ने ठाउमा महिलाको सधै इज्जत गरेको बताउदै आफुले अभिनेत्रीविरुद्ध मानहानीको मुद्धा दायर गर्ने पनि बताएका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै