• २०८१ जेठ २ बुधबार

'बाआमा घर'को निर्माणको लागि सहयोगार्थ साँस्कृतिक कार्यक्रम 

kharibot

ललितपुर । एक्सन फर सोसल चेन्ज (बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र)ले सामाजिक एकताको लागि शुभकामना आदानप्रदान र सहयोगात्मक साँस्कृतिक साँझ २०७५ भव्य रुपमा सम्पन्न गरेको छ।

सडकपेटीमा कोही पनि बेवारिसे भएर मर्न नपरोस् भन्ने उद्देश्यले समाजसेवी विनयजंग बस्नेतको पहलमा एक्सन फर सोसल चेन्जले आफ्नै जग्गामा निर्माण गर्न लागेका बाआमा घरको लागि सहयोगार्थ हाँस्य व्यंग्यात्मक सांस्कृतिक साँझ आयोजना गरेको हो। 

कम्तीमा  ५०० जना उपस्थित भएको उक्त कार्यक्रम सोमबार साँझ ललितपुरको इमाडोलस्थित इन्द्रेणी फुड ल्याण्डमा आयोजना गरिएको थियो । आयोजक एक्सन फर सोसल चेन्जका अध्यक्ष बिनयजंग बस्नेतले कार्यक्रम भव्य र सभ्य रुपमा आयोजना भएको प्रतिक्रिया दिए।

कार्यक्रममा लागूपदार्थविरुद्ध जनचेतनामूलक डकुमेन्ट्री नदेखिएका आँशुुको प्रोमो समेत सार्वजनिक गरिएको थियो।

कार्यक्रमको सुरुमा गायक इश्वर अमात्यले सांगीतिक प्रस्तुति दिएका थिए । कार्यक्रममा रेशम थापा र गोबिन्द धनरामले दोहोरी गीतमार्फत दर्शकलाई मनोरंजन प्रदान गरेका थिए भने डिजे राज पौडेलले आफ्नो चर्चित गीत गाएका थिए। कार्यक्रममा हाँस्य कलाकार मनोज गजुरेलले हाँस्य व्यंग्यात्मक प्रस्तुति समेत दिएका थिए । कार्यक्रममा होचा पुड्का संघका कलाकार, पवित्रा लामा तथा स्थानीय महिला समाजसेवीहरुले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि तथा हाल अशक्त रहेका गायक बुद्धिकृष्ण लामिछानेलाई सम्मान समेत गरिएको थियो।      

सांस्कृतिक कार्यक्रममा विभिन्न व्यक्ति तथा संस्थाबाट चेक र नगद गरेर ८४ हजार संकलन भएको र ३५ हजार कार्यक्रममा खर्च भएको संस्थाको अध्यक्ष  बिनयजंग बस्नेतले जानकरी दिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै