• २०८३ मङ्सिर १३ आइतबार

सुदूरपश्चिम महोत्सवको मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक

सुदूरपश्चिम महोत्सवको मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक

काठमाडौं । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा हुने सुदूरपश्चिम महोत्सवको मुख्य प्रायोजकमा एक्स्ट्रिम इनर्जी ड्रिंक जोडिएको छ । आयोजक संघ र एक्स्ट्रिम इनर्जी ड्रिंक उत्पादक कम्पनी एग्रो थाई फुड्स प्रालिबीच यससम्बन्धी सम्झौता भएको हो ।

‘पर्यटन, संस्कृति, उद्योग र व्यापार, समृद्ध सुदूरपश्चिमको आधार’ भन्ने नारासहित महोत्सव आगामी मंसिर २२ देखि पुस ५ गतेसम्म कैलालीको धनगढी उपमहानगरपालिका–१, पशुपतिटोलमा आयोजना हुनेछ ।

महोत्सवमा एक्स्ट्रिम इनर्जी ड्रिंक खरिद गर्ने दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ । यस वर्ष महोत्सवसँगै सडक महोत्सवसमेत आयोजना गरिनेछ ।

महोत्सवमार्फत सुदूरपश्चिमको कला, संस्कृति, स्थानीय उत्पादन, कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै