• २०८३ मङ्सिर १३ आइतबार

सिन्धुलीमा जीप दुर्घटना, चालकसहित पाँच जना घाइते

सिन्धुलीमा जीप दुर्घटना, चालकसहित पाँच जना घाइते

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका–३, झुंगास्थित मदन भण्डारी राजमार्गमा जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।

आइतबार दिउँसो काठमाडौंबाट सुनसरीतर्फ जाँदै गरेको बा.प्र.०१–०२८ च २७८३ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सुनसरीको बराहक्षेत्र नगरपालिका–८ का ४२ वर्षीय चालक मातृका भट्टराई गम्भीर घाइते भएका छन्। उनकी श्रीमती प्रमिला भट्टराई, छोरा आयन्स भट्टराई र रेनुका सुवेदी भट्टराई मध्यम घाइते भएका छन्। त्यस्तै, १३ वर्षीय अतर्व भट्टराई सामान्य घाइते भएका छन् ।

प्रहरीले सबै घाइतेको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै