• २०८३ मङ्सिर १३ आइतबार

एनपीएल विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टुर अछामको बैद्यनाथ धामबाट सुरु

एनपीएल विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टुर अछामको बैद्यनाथ धामबाट सुरु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको विजेता सुदूरपश्चिम रोयल्सले आफ्नो उपाधि ट्रफी टुर आजदेखि सुरु गरेको छ ।

‘च्याम्पियन्स ट्रफी टुर’ सुदूरपश्चिमको अछामस्थित बैद्यनाथ धामबाट सुरु भएको हो । मंसिर १३ देखि २० गतेसम्म सञ्चालन हुने टुरअन्तर्गत सुदूरपश्चिमका विभिन्न जिल्लामा ट्रफी प्रदर्शन, र्‍याली तथा विशेष कार्यक्रम आयोजना गरिनेछ ।

कार्यतालिकाअनुसार मंसिर १३ गते अछाम र बाजुरा, १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी र दार्चुला तथा १७ गते बझाङमा ट्रफी टुर हुनेछ । त्यस्तै, मंसिर १८ गते परशुराम धाम, १९ गते टीकापुर र महेन्द्रनगर तथा २० गते धनगढीमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ। धनगढीमा र्‍यालीसँगै महोत्सव मैदानमा विशेष सांगीतिक कार्यक्रमसमेत हुनेछ ।

सुदूरपश्चिम रोयल्सले आफ्नो ऐतिहासिक उपाधि समर्थक र स्थानीय समुदायसँग उत्सवका रूपमा बाँड्न ट्रफी टुर आयोजना गरेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै