• २०८१ बैशाख २२ शनिबार

साम्राज्ञी र धिरजको फिल्म ‘इन्टु मिन्टु लन्डनमा’को अफिसियल ट्रेलर सार्वजनिक  

kharibot

काठमाडौँ। अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र धिरज मगर स्टारर फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को अफिसियल ट्रेलर रिलिज गरिएको छ । 

ट्रेलरमा साम्राज्ञी र धिरजको प्रेम सम्बन्धमा पैदा हुने उचारचढाव देखाइएको छ । दुईको जोडी निकै सुहाएको छ । साम्राज्ञी र धिरजको प्रेममा आर्मीको भूमिका निर्वाहा गरेका अभिनेता सारुक ताम्राकार भिलेन बनेको बुझ्न सकिन्छ । 

अधिकांश छायांकन लन्डनमा गरिएको फिल्मको ट्रेलरमा राम्रो रहेको छ । प्रेमकथामा आधारित एउटा पूर्ण फिल्म हेर्न चाहने दर्शकका लागि निर्देशक रेनाशा वान्तवा राईले गतिलो प्याकेज लिएर आएको ट्रेलर हेर्दा महशुश गर्न सकिन्छ । निर्देशक राईको यो डेब्यु निर्देशित फिल्म हो । 

टीजर झैं गएको तीन दिनदेखि निर्माण टिमले ट्रेलरको पनि काउनडाउन भिडियो यूट्युबमा अपलोड गरिरहेको थियो, जुन नेपालको सन्दर्भमा पहिलो प्रयोग हो । सार्वजनिक ट्रेलरले दर्शकमा फिल्मप्रति कौतुहलता जगाएको छ । 

यसलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् । 

ट्रेलर :

आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । फिल्मको लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ । 

शैलेन्द्र धोज कार्कीको छायांकन रहेको फिल्ममा टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । यो फिल्म असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । 

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा साम्राज्ञी र धिरजसँगै अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै