काठमाडौँ । नेपाली कांग्रेसले देशका ७५३ वटै पालिकामा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण गर्न लागेको छ ।
सभापति गगन थापाको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको केन्द्रीय कार्यालयले जनाएको छ । कार्यक्रम बिहान ११ बजे ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा हुनेछ ।
अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा प्रतिनिधिहरूलाई उनीहरूको जिम्मेवारी, आवश्यक जानकारी र कार्यदिशाबारे स्पष्ट पार्न कार्यक्रम आयोजना गरिएको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।









