• २०८३ मङ्सिर १३ आइतबार

कस्तो छ आजको मौसम पूर्वानुमान ?

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज आइतबार हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जानकारी दिएको छ ।

हाल देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मूख्यतया सफा रहेको छ। तराई भू-भागका थोरै स्थानमा हुस्सु/तुवाँलो लागेको छ ।

आज दिउँसो देशको हिमाली क्षेत्रमा साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। देशको हिमाली भु-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ । 

त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।  बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै